कश्मिरमा भएको आक्रमणपछि बलिउडमा पनि पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध लगाईएको छ । पुलवामा भएको ४६ जना सेनाको ज्यान जाने गरी भएको हमलापछि बलिउडमा पनि पाकिस्तानी कलाकारहरुमाथि प्रतिवन्ध लगाउनु पर्ने आवाज उठेको थियो । घटनापछि बलिउडकर्मीहरुमाझ पनि पाकिस्तानलाई लिएर आक्रोस बढेको थियो । परेश रावलले त पाकिस्तानीलाई कुकुर नै भने भने कतिले भारतले यसको जवाफ पाकिस्तानसंग लिनु पर्ने बताए । आज भारतले पाकिस्तानमा जैस ए मोहम्मद बिरुद्ध गरेको हवाई आक्रमणपछि बलिउडमा खुसी छाएको छ ।

चर्चित भन्दा चर्चित कलाकारहरुले भारतीय वायु सेनालाई धन्यवाद भन्दै सम्मान दिएका छन् । अजय देवगन, परेश रावल, मल्लिका शेरावत, अभिषेक बच्चन, कैलाश खेर, विवेक ओबराय , अक्षय कुमार लगायतले भारतीय वायु सेनाको उच्च प्रशंसा गर्दे सम्मान व्यक्त गरेका छन् । अक्षयकुमार ट्वीटरमा लेख्छन् “आतंककारीलाई सखाप पारेकोमा गर्व छ भारतीय वायु सेनाप्रति । अब चुप लागेर बस्दैनौ ।पाकिस्तानभित्रै पसेर मार” । पुलवा आक्रमणपछि पाकिस्तानीहरुलाई कुकुर भनेका परेश रावल लेख्छन् “साच्चै यो एउटा सुन्दर बिहानी भयो । नरेन्द्र मोदी सर लाई धन्यवाद र आर्मी अफिसरलाई सलाम” ।

 

उता अनुपम खेर ,सलमान खान ,अभिषेक बच्चन ,कैलाश खेर तापसी पन्नू , सोनाक्षी सिन्हा , तुषार कपूर , मुग्धा गोडसे , मधुर मण्डाकर , किरण खेर लगायतले ट्वीट गर्दे पाकिस्तानमा हवाई आक्रमण गरेका भारतीय सेनाप्रति सलाम भनेका छन् । सबैले अब आतंकवाद बिरुद्ध एक जुट हुनु पर्ने समेत आह्वान गरेका छन् । पुलवामा भएको आत्मघाती आक्रमणपछि बिक्षिप्त बनेका बलिउडकर्मीहरुले पनि सहिद सेनाका परिवारका लागि ठुलो धनराशीले सहयोग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया