फाल्गुन १७, २०७५।
रुपन्देहीको सैनामैना १ बह्रामाडाडामा बाबा राम बहादुर विक र आमा लक्ष्मी विकको कोखबाट माईलो सन्तानको रुपमा जन्मिएकी सपना २ बहिनी र १ भाईकी दिदी १ दिदीकी प्यारी बैनी हुन ।
स्कुल पढदा होस बस्दा खादा डुल्दा नेपाली लोक गितसंगित भनेपछि हुरुक्कै हुने गित एकपटक सुनेपछि दुरुस्तै मिठो आवाजमा गाईहाल्ने सपना उनको एउटै मात्र थियो सपना आफनो आवाजमा गित गाउने र राम्रो गायिका बन्ने ।।
सानैदेखि एफ एम रेडियोमा रुचि राख्ने र लोक गितको कार्यक्रममा गित गाउने उनी मिडीया क्ष्ँेत्रमा पनि काम गर्दै आईन र आफै लोक गितको कार्यक्रम पनि चलाउन थालिन ।
यसैक्रममा धेरै संचारकर्मि र गितसंगित सम्बन्धी कलाकार र श्रष्टाहरुसंग विस्तारै चिनजान पनि बढयो , तर पनि उनलाई गित गाउने अवसर जुटेन ।
विस्तारै संचारकर्मि एवम गितकार शारदा मरासिनी संग उनलाई सहकार्य गर्ने मन जुटयो अनि अन्तत शारदा मरासिनी सरुको लय शब्दमा उनले रोईला गित गाउन सफल भईन ।
जुन गितमा सुमन परियार र सपना विश्वकर्माको स्वर रहेको छ ।
संघर्ष नै जिवन हो भनेर जिन्दगीको संघर्षलाई नजिकबाट नियालेकी सपनाले गितसंगितमा नै आफनो यात्रा अगाडी बढाउने उनको अर्को सपना भएको सुनाउछिन उनको सांगितिक यात्रा सफल रहोस , हाम्रो तर्फबाट शुभकामना ।।

तपाईको प्रतिक्रिया