राजु बोहरा–काठमाडौँ । बिशेष गरेर प्रतियोगी गायनबाट ख्याती कमाएका जोडी राजेन्द्र सुबेदीले आफ्नो कर्णप्रिय स्वर लहरीमा एक निकै रोमान्चक गीत भर्खरै बजारमा आएको छ । चित्रा रोकाको प्रस्तुतिमा रहेको “मेरो र उनको” बोलको यस गीतमा राजेन्द्र संगै चित्रा रोकाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । अजरअमर माया पिरतीको प्रसंगलाई रोमान्चक ढंगले तयार पारिएको यस गीतलाई लय तथा शब्द सिर्जना गायक तथा एरेन्जर राजेन्द्र सुबेदीले निया तयार पारेका हुन् ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन हरिश महरा र सम्पादन बिष्णु शर्माले गरेका छन् ।भिडियोमा एकेन्द्र सारा शंकर र आरुषी मगरको अभिनय देख्न सकिन्छ । गीतको अडियो तथा भिडियोलाई सरगम म्युजिक प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया