राजु बोहरा–काठमाडौँ । काहीं कतै बाट नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पश्चिनी सुगन्ध मिश्रण भयो भन्ने गुनासोहरु आइरहेको बेला यति बेला धेरै कलाकारहरु आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ जुर्मुराइरहेका छन् । यसै क्रममा मकवानपुरे युवा सर्जक छिरिंग दोर्जे लामाले आन्तरिक पर्यटन प्रबर्धनमा टेवापुग्ने किसिमको “मकवानपुरे ठिटो” बोलको एक मौलिक गीतलाई भर्खरै बजारमा ल्याएका छन् । मकवानपुर जिल्ला राक्सिरांग गाउँ पालिका १ मा जन्मिएका उनले  यस गीतमा जनक लामा र अर्चना स्यान्ग्तानको सुमधुर स्वर सजाएका छन् ।

छिरिंग दोर्जे लामा कै लय तथा शब्द सृजनामा सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको भिडियोमा करिश्मा ढकाल, चन्द्र, निर्मला र सुबसको आकर्षक अभिनय देख्न सकिन्छ । “मकवानपुरे ठिटो” बोलको यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया