राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै नाम स्थापित गरेका गायक तथा सारंगी बादक हेमन्त “कान्छा” रसाइलीले फेरी पनि अर्को सांगीतिक कोसेली लिएर बजारमा आएका छन् । उनले यस पटक पुराना श्रष्ठा सर्जकको सम्मान तथा ति सृजनाहरुलाई जीवित राख्नका निमित्त स्वर तथा सारङ्गी सम्राट पुजनिय झलकमान गन्धर्व ज्युको “तिम्रो नै माया” बोलको  कभर गीत बजारमा ल्याएका हुन् ।

स्वर तथा सारंगी बादनको भूमिकामा हेमन्त स्वयम् रहेका छन् भने सहनाई समिर जैरु, गितारमा लुमन स्थापित र ध्वनि सम्पादनमा बिक्रम काउछा मगरको कला यस गीतमा रहेको छ । उनकै व्यक्तिगत युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा यिनै तिन कलाकारहरु देखिएका छन् । भिडियोलाई छायांकन तथा सम्पादन दुर्लभ श्रेष्ठले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया