राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ सर्वप्रिय नाम मौसम गुरुङले फेरी अर्को निकै घत लाग्दो गीतलाई बजारमा लिएर आएका छन् । स्थायी घर गोर्खा भएका मौसमले यस अगी पनि थुप्रै गीतहरु आफ्ना श्रोता एवं दर्शकहरु माझ दिएर सबैको मन जितिसकेका छन् । उनले पछिल्लो पटक बजारमा ल्याएका गीत सावित्री परियारको “हारे मैले” बोलको रहेको छ । यस गीतमा स्थायी घर गोर्खा र हाल मलेसियामा रहेका सर्वप्रिय सर्जक ओम छिनालको रहेको छ । ओमले पनि यस अगी थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । प्रस्तुत गीतमा सर्वप्रिय गायक मौसम संगै गायिका बिष्णु माझीको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ ।

शितल शिजन डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोमा मौसम आफै देखा परेका छन् । उनि द्वारा अभिनित यो दोश्रो म्युजिक भिडियो हो । मौसम संगै सारिका के.सी को पनि यस गीतमा घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् । गीतको म्युजिक भिडियोमा कार दुर्घटनामा परेर अशक्त भएर जिउनु पर्दा जिबन देखि नै हार खाएको कथा समाबेस गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया