काठमाण्डौ चैत्र ०४- भुषण राइको शब्द, संगीत र स्वरमा समावेश ‘मरुभूमी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गायकले यो गीतमा यूवकको जीवनमा यूवतीको आगमन पश्चात हुने परिवर्तनलाई उठान गरेका छन् । भिडियोमा मोडल द्धय निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

अर्जुनले गीतको भाव अनुसार नै लोकेशन खोजिएको बताए । गीतको भिडियोमा मोडल निराज प्रधान र कविता नेपालीको प्रेम देख्न सकिन्छ । निराजन र कविताको जोडी खुबै सुहाएको छ । कवितालाई गीतमा बोल्ड एवं ब्यूटी देखाइएको छ । यो गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । प्रेममा परेका वा नपरेका दुबै खालका यूवापुस्तालाई यो गीत मनपर्ने दाबी गायक भुसनको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया