काठमाडौं चैत्र ०४ । धेरै गीत संगीतहरु अशंख्य श्रोता एवं दर्शकहरु माझ प्रस्तुत गरिसकेका गीतकार डी.आर. ले एक उपन्यास लाई बजारमा लिएर आएका छन् । उक्त उपन्यास ‘तिलस्मी’ रहेको छ । केहि दिन अगाडी मात्रै काठमाडौंको अनामनगर स्थित किम्ची रेष्टुरेन्टको सभाहलमा सार्बजनिक गरिएको कार्यक्रममा प्राध्यापक डाक्टर सुरेन्द्र केसी, समालोचक महेश पौडेल, डा. विष्णु प्रसाईं, डा. विन्दु शर्मा, पुस्तकका प्रकाशक शिखा बुक्सका पुष्पराज पौडेल र उपन्यासकार डी.आर.ले उपन्यासको उपस्थिति रहेको थियो । उपस्थित ब्यतित्वहरु बाट नै उक्त उपन्यास ‘तिलस्मी’ बिमोचन गरिएको थियो ।

सन्देशमूलक र सकारात्मक सोचलाई उजागर गर्ने उदेश्यले  सिर्जना गरिएको उपन्यासकार डी.आर.ले बताए । उपन्यासको कथावस्तु, पात्र र चरित्रका कारण बजारमा आइरहेका अन्य उपन्यासहरुभन्दा केही फरक र पृथक लेख्ने प्रयास गरेको उनले बताए । उपन्यासमा सम्भ्रान्त र अति विपन्न वर्ग बीचको कथा समेटिएको छ । शिखा बुक्सले बजारमा ल्याएको उपन्यासमा वर्गीय खाडल, जातीय विभेद र त्यस विरुद्धको विद्रोहको भावना अभिब्यक्त गरिएको छ । वि.स २०५८ सालदेखि औपचारिक रुपमा गीत लेखनमा प्रवेश गरेका उनका पाँचवटा गीति एल्बम सार्वजनिक भइसकेका छन् । तीनवटा पुस्तक पनि सार्वजनिक भइसकेका छन् ।

तपाईको प्रतिक्रिया