राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेचौर स्थायी घर भएका गायक बिबेक चौलागाईं पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो नामलाई स्थापित गराउने क्रममा रहेका छन् बिशेष गरेर आफ्नै कला संकृति र मौलिकतालाई जगेर्ना गर्नुपर्छ भन्ने मूल उदेस्यका साथमा लागिपरेका उनले यस अगी पनि केहि गीतहरु बजारमा ल्याइसकेका छन् यिनै गीतहरु संगै बिबेकले अहिले भर्खरै “चरी मैना” बोलको गीत बजारमा ल्याएका छन् । नारायण दंगालको पहिलो प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतमा गायिका गितादेवी र विवेक चाैलागाईको सुमधुर स्वर सुन्न सकिन्छ ।

गायक तथा सर्जक चाैलागाई कै लय तथा शब्दमा तयार पारिएको “चरी मैना” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको करिब एक हप्तामा १ लाख भन्दा बढी दर्शकहरुले आफ्नो रोजाइमा पारिसकेका छन् । भिडियोमा आयुष्मा कार्की र संजिव ठकुरीले आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोलाई कोरियोग्राफी सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन टंक के.सी  सम्पादन नबिन भाटले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई डि.ए.आर. मुभिज एण्ड फिल्मस प्रालीको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया