काठमाडौँ चैत्र ८ – देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ । राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी गर्नुपर्छ । हो अब देश बिकासको लागी अन्याय विरुद्ध लड्नु पर्छ र पिडकहरुलाई बिरोध सुन्न सक्ने शाहस मिलोस् भन्दै हास्यकलाकार तथा निर्देशक सुजन न्यौपानेले “बोल्नुपर्छ जनता” बोलको ब्यंग्यात्मक गीत आफ्नै अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

मिनाश्री फिल्म प्रा.लीको प्रस्तुति रहेको उक्त गीतमा सुजन न्यौपाने , यज्ञ सापकोटा र पुर्णकला बि.सिको स्वर रहेको छ भने लय तथा शब्द सुजन न्यौपानेले नै सृजना गरेका छन । गीतलाइ कृष्ण पुनले एरेन्ज गरेका छन । सुजन न्यौपाने, यज्ञ सापकोटा र सिवानी अधिकारी लगायतको अभिनय रहेको म्युजिक भिडियो सुजन न्यौपानेकै परिकल्पना र निर्देशनमा तयार पारिएको छ भने भिडियोलाई बिरेन्द्र भट्टले छायांकन साथै रिकेश भण्डारीले सम्पादन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया