राजु बोहरा–काठमाडौँ । नेपाली समाजमा अझै पनि जातीय भेदभावको अन्त्य हुन सकेको छैन । मुखले जति नै जातीय भेदभावको अन्त्य हुन पर्छ भन्ने भनाइ आएता पनि  भनाइमा नै सिमित रहेको हुँदा कलाकारिता पक्षबाट यसको आवाज बुलन्द भैरहेका छन् । सोहि क्रममा यतिबेला लिखु तामाकोशी गाउँपालिको प्रस्तुतिमा “पुजा नगर मलाई” बोलको गीत भर्खरै बजारमा आएको छ । अब हेर्न बाँकी छ यस गीतले समाजमा कस्तो किसिमको परिवर्तन ल्याउने छ । प्रस्तुत गीतमा राजेश कुमार नेपाली र शर्मिला श्रेष्ठको सुमधुर स्वर रहेको छ । गीतलाई लय राजेश कुमार नेपालीले भरेका हुन् भने शब्द पासङ कुमार लामा ब्ल्यु स्काईले भरेका छन् ।

र सामाजिक यथार्थतालाई छर्लंग पार्दै यस गीतको म्युजिक भिडियो पनि अहिले डिजिटल बजारमा सार्बजनिक भैसकेको छ । भिडियोमा रश्मि भट्ट, कृष्ण स्वर्णकार, लक्ष्मण बिक्रम बस्नेतको अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन मरुभूमि नारायणले गरेका  छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया