राजु बोहरा–काठमाडौँ ।बिशेष गरेर बिभिन्न म्युजिक भिडियो निर्देशन बाट नेपाली कलाकारिता क्षेत्रमा परिचीत प्रविन थापा पछिल्लो समयमा एक फरक गीतमा देखा परेका छन् । दर्जनौं गीतहरुमा निर्देशन गरिसके पछी व्यस्तताको कारण सम्बन्धित कलाकारको आग्रहलाई स्वीकार्दै उनि “सुसेलीमा हाल्दै” बोलको गीतको म्युजिक भिडियोमा देखा परेका हुन् । उक्त गीत सागर भण्डारी “दिनेश” को प्रस्तुतिमा बजारमा आएको हो । डान्सिंग बिटमा तयार भएको यस गीतमा सागर भण्डारी र प्रिती आलेको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा प्रविन थापा संगै करिश्मा ढकालको पनि निकै आकर्षक नृत्य देख्न सकिन्छ ।

सगर भण्डारी “दिनेश” को शब्द संगीतमा तयार भएको “सुसेलीमा हाल्दै” बोलको गीतको म्युजिक भिडियोलाई प्रविन थापा स्वयम् ले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरे, बिर बहादुर थारुले गरेका छन् । यस भन्दा अगी पनि थुप्रै गीतहरुमा अभिनय तथा निर्देशन गरिसकेका प्रविन लगाएत यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया