राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोकको शान,कलाकारको सम्मान भन्ने मूल नाराको साथ् स्थापना भएको सिन्धुपाल्चोक कलाकार समाजले आफ्नो औपचारिकता तथा आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ यहि चैत्र २३ गते  सनिबारको दिन सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ खाडीचौरको बाल सिक्षा मा.बि मा उद्घाटन तथा एक बृहत सांकृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

निकै धेरै राष्ट्रिय कलाकारहरु सिन्धुपाल्चोक जिल्ला कै रहेको र उक्त कलाकार ज्युहरुले आफु सिन्धुपाल्चोक जिल्लाको हो भन्ने किसिमको जानकारी समेत काहीं कतैबाट नआउने कारणले गर्दा अबको दिनमा यस्ता कार्यक्रमहरुले छाती फुलाएर म सिन्धुपाल्चोक जिल्ला कै हुँ भन्न हिचकिचावट नहुने यस समाजका अध्यक्ष भुवन श्रेष्ठ मुस्कानले बताएका छन् ।

सिन्धुपाल्चोक कलाकार समाजले आयोजना गर्न लागेको संस्थाको आधिकारिक उद्घाटन तथा बृहत सांकृतिक कार्यक्रममा करिब २० हजार दर्शकहरुको सहभागिता हुने कार्यक्रम संयोजक अजय श्रेष्ठ मार्फत जानकारी प्राप्त भएको छ । कार्यक्रम सफल बनाउनका लागि सिन्धुपाल्चोक जिल्लाका गाउँपालिका अन्य बिबिद निकायका साथै ब्यतित्वहरुले पनि सहयोग उपलब्ध गराउनु भएकोले सम्पूर्ण प्रति श्रेष्ठले धन्याबाद  ब्यक्त गरेका छन् ।

अहिले समाजको टोलि उक्त कार्यक्रमको प्रचारप्रसारमा ब्यस्त रहेको छ । कार्यक्रममा रेशम थापा, जितु नेपाल मुन्द्रे, प्रमोद खरेल नवराज घोरासैनी, बाबू बोगटी, अविनास घिसिंग, सागर लम्साल बले, हरिश निरौला कक्रोज, अजय श्रेष्ठ, सुबोद गौतम एकदम, भुवन श्रेष्ठ मुस्कान, अमृत आचार्य माइलागुरु, रबिन्द्र दर्नाल, सावित्री श्रेष्ठ पाण्डे, बिनु शाक्य, सरोज लामिछाने, पार्वती कार्की, सिर्जना खत्री हाउडेमाया, रबिन्द्र खड्का सर्घर्ष, उषा लामा, एलिना रायमाझी लगाएत स्थानियस्थरका कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने कुरा आयोजक मार्फत जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया