चैत १८ काठमाडौ – नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा. रामवरण यादवको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विभिन्न बिधाका कलाकर्मिहरुले अवार्ड पाएका छन् भने आयोजक समितिले पत्रकार तथा सर्जकलाई पनि मौलिक सिर्जना सम्मान प्रदान गरिएको छ ।

नेपाली संगीत ,कला , साहित्य एवं संस्कृतिको बिकासमा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ को अवसरमा बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रमेश श्रेष्ठ पनि अवार्ड प्राप्त गर्ने कलाकार मध्य एक हुन् । उनि अहिले प्रबासमा रहेका छन् । प्रबासमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्र श्रीबृद्धिको निमित्त लागिपर्दा आफ्नो कामको सहि मुल्यांकन हुँदा रमेश मख्ख रहेका छन् । उनले थुप्रै मौलिक सृजनाहरु आफ्ना श्रोता एवं दर्शकहरुलाई दिईसकेका छन् ।

रमेशले नाट्यश्वर म्युजिक अवार्ड लोक दोहोरी गीत “जोडी ढुकुर” बाट सर्वउत्कृष्ट लय विधामा अवार्ड प्राप्त गरेका हुन् । यसरी नेपालि मौलिकता बोकेका गीत संगीत सिर्जना र प्रबर्द्धन मा उनले पुर्याएको योगदानको उच्च कदर गर्दै हिजो बनेपामा सम्पन्न नाट्यस्वर म्युजिक अवार्डमा अवार्ड प्राप्त गरेपछि फेसबुकमा नै स्टाटस अपलोड गरेर उनले सबै समक्ष खुसि बाँडेका छन् ।

तपाईको प्रतिक्रिया