चैत्र २७ काठमाडौं । पछिल्लो समयको ट्रेन्डलाई पछ्याउँदै शुभकामना मिडिया सोलुशनको प्रस्तुतिमा कृश बहादुर कार्कीको लोकदोहोरी गीत ‘बासना’ बजारमा आएको छ । गायक रितकुमार श्रेष्ठ र गायिका अनिता कुँवरको स्वरमा रहेको लोकदोहोरी गीत ‘बासना’ लाई संचारकर्मी किस्ना आचार्य रोशनीले शब्द लेखेकी हुन् भने जीवन बि.सीको लय रहेको छ । यस भन्दा अघि तिज गीत एवं आधुनिक गीतमा स्वर दिँदै आएकी गायिका अनिताले लोक दोहोरी गीतमा भने पहिलोपटक आफ्नो स्वर भरेकी हुन् ।

गीतको रोमान्चक भावअनुसार “बासना” को म्यूजिक भिडियो पनि निकै आकर्षक गनेको छ । भिडियोमा नारायण ढकाल, करिश्मा ढकाल र जेम्स बिसीको साथमा सम्झना कार्की र सुवास ढकालको समेत अभिनय र देख्न सकिन्छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् । भिडियोलाई म्यूजिक खबरको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया