पछिल्लो समय गीतमा कभर डान्स गर्नेको संख्या बढ्दो छ । आफ्ना नृत्य एवं सिर्जना दर्शकमाझ पुर्याउनका लागि सजिलो बाटो बनेको युटुबमार्फत् नेपाली तथा हिन्दीको गीतमा कभर डान्स गर्नेको संख्या पछिल्लो समय बढेको हो ।

यस्तैमा विराटनगरको चर्चित डान्स ग्रुप टच डान्स स्टुडियोले पनि एक कभर डान्स भिडियो सार्वजनिक गरेको छ । ‘सुपारी चाम्रो २’ नामक एल्बममा समावेश उक्त गीत अन्जु पन्त र बिमलराज क्षेत्रीको आवाज छ । उक्त लोकदोहोरी गीतको भिडियोमा भने नायिका प्रियंका कार्की र गम्भीर विष्टको नृत्य छ ।

अहिले युटुबमा मात्र नभएर ‘टिकटक’ जस्ता सामाजिक सञ्जालमा भाइरल भएको उक्त गीतमा टच डान्स स्टुडियोले कभर भिडियो बनाएको हो । जसमा, टच डान्स स्टुडियोका कलाकार निश्चल राना, समिक्षा कार्की, अच्युत, रोशिका राउत, मनिष कट्वाल, वर्षा फूयाल, मिलन, सागर तथा समीरको नृत्य रहेको छ ।

अच्यूत, मनिष र निश्चलको कोरियोग्राफीमा बनेको सो भिडियोलाई निश्चलले नै निर्देशन एवं सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया