राजु बोहरा–काठमाडौँ । गोर्खाली चकलेटी युवा मोडल एम. बि गुरुङको अभिनयमा फेरी अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरुमा आफ्नो अभिनय आम दर्शकहरु माझ पस्किसकेका छन् । बिशेष गरेर लोक तथा दोहोरी गीतमा एम.बि को अभिनय देखिएता पनि अहिले उनले “चोट” बोलको आधुनिक गीतमा अभिनय गरेका हुन् । प्रस्तुत गीतमा अनिल गिरीको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई शब्द गायक स्वयम् र संगीत कमल क्षेत्रीले भरेका छन् ।

आफुले माया गरेको मान्छे अर्कैको भएपछिको वियोगान्त प्रेमकथामा सजिएको “चोट बोलको गीतको म्युजिक भिडियोमा मोडल एम.बि लाई अर्की चर्चित मोडल सगुन शाहीको अभिनयमा साथ् मिलेको छ । गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन दिपक बिस्टले गरेका हुन् । गीतको म्युजिक भिडियोलाई कपिल मगरको आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछुं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया