इन्दिरा गैरे , बुटवल ।
ताजा इन्टरटेन्मेन्टको प्रस्तुतीमा चर्चित सर्जक शरद पाण्डेको शब्द सन्तोष श्रेष्ठको संगीतमा रमा तिमिल्सिनाको बिल्कुलै नौलो प्रस्तुती ‘पैसा’ सार्वजनिक भएको छ । सबिन भट्टराईको छायांकन, रोशन दाहालको सम्पादनमा तयार भएको उक्त गितको भिडियोलाई रोशन दाहाल आफैले निर्देशन गरेका हुन् । गितको शीर्षक सुन्दा पनि अचम्म लाग्ने खालको छ आखिर मानव जिवनमा यो पैसा भन्ने चिज अत्यन्तै महत्वपूर्ण छ भनिन्छ पैसा हु“दा पराइ पनि आफ्ना हुन्छन् जब पैसा साथमा हु“दैन तब आफ्नाले पनि चिन्न छाड्छन् त्यस्तै त्यस्तै शब्दलाई गित मार्फत व्यक्त गरिएको छ ।
गीतमा रमा तिमिल्सिनाको कर्णप्रिय श्वरले पूर्णता दिने काम गरेको छ, भने रमा नैना जोन र विनोद तामाङ्ले अत्यन्तै दरिलो अभिनय गर्न सफल भएका छन् ।समाजमा भएका तिता मिठा यथार्थहरुलाई गित मार्फत बजारमा लिएर यो टिमलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

‘पैसा’ गीतको भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया