आर पोखरेल , काठमान्डाँै ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा गायक मौसम गुरुङ र गायिका लक्ष्मी रेग्मीको को मार्मिक लोक गीत “रुने पालो ” बजारमा आएको छ ।
जीवन भोगाइका क्रममा बाध्यताले आफुलाई मन परेको प्रेमीलाई गुमाउनु पर्दाको पिडालाई गीतमा चित्रण गरिएको छ । पिडा भुल्नको लागी आफनी प्रेमीकालाई निकै आग्रह गायकले गरेका छन ।

दुख र सुख जिवनमा आइरहने कुरा भएकाले पनी मायामा घात गर्दा पिडा हुने र त्यसको सजाय आफुले पनी भोग्नुपर्ने कुरालाई निकै मार्मिक रुपमा समेटिएको छ ।

गणेश परियारको शब्द तथा लय सिर्जनामा जीवनको वास्तविक भावहरूलाई जीवन्तता दिइएको छ । “रुने पालो ”गीतको भिडियोलाई बविता पुरीले गरेकी छन भने सम्पादन राजेश कुमारले गरेका छन । भिडियोमा टिका भुजेल र सानी परियारको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो..

तपाईको प्रतिक्रिया