राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा नयाँ-नयाँ कलाकारहरुको पनि आगमन हुनु पर्दछ, त्यसपछि मात्र यस क्षेत्रको उन्नतिमा बिस्तार हुन सक्दछ । पुराना कलाकारहरु मात्र ब्यवासाहिक हुँदा र यस क्षेत्रमा मुनाफाको पाटो कतै नहुँदा धेरै पलाएन पनि भैसकेका छन् । यस्तै अवस्थामा भर्खरै मात्र माधब पराजुली र बिश्वास पराजुलीको पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आगमन भएको छ । उनीहरु द्वयको आगमनलाई हामि सम्पूर्ण गीत संगीतका अनुरागीहरुले स्वागत गर्ने पर्छ । माधब र बिश्वासले “दोलालघाट बोलको गीत लिएर भर्खरै बजारमा आएका हुन् ।

समग्र काभ्रे दोलालघाटको यथार्थ र वास्तविक पहिचान बोक्न सफल दोलालघाट बोलको गीत काभ्रेली जनता सामु मुख्य तय लोकप्रियताको शिखर चुम्दै गैरहेको छ । गीतमा माधब पराजुली बिश्वास पराजुली र अर्चना स्यान्गतानको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा शब्द छिरिंङ दोर्जे लामाको रहेको छ भने लय जनक लामाको र संगीत संयोजन विष्णु तामाङको रहेको छ । यस गीतको म्युजिक भिडियोमा आरुषी, अनुप, प्रिती र प्रकाशको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया