काठमान्डौ जेष्ठ ०५ – नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’ भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो । लोक गायक राम थापा शिशिरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य थुप्रै श्रस्टा तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । गायिका सपना थापा र मेक्सम खातीको स्वर रहेको गीतमा सागर प्रधानको शब्द रचना र यज्ञ सापकोटाको लय रहेको छ ।

मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्ट र नबराज न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ अनिल राणाले सम्पादन गरेका हुन् । सार्बजनिक भिडियोमा रिना थापा र सुरज श्रेष्ठ लाई फिचर्ड गरिएको छ । भिडियो धुन नेपालको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया