राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ फेरी अर्को पृथक स्वादमा तयार भएको लोक दोहोरी गीत “चिरिबिरी सुन्तालिमै” बजारमा आएको छ । यस क्षेत्रको ब्यवसाहिकता न्यून रहंदा पनि कलाकारहरुले आफ्नो मेहनत र आफनै कला संस्कृति र मौलिकताको जगेनार्थ महत्वपुर्ण भूमिका निर्बाह गरिरहेका छन् ।

हामीले यस गीतकी प्रस्तुतकर्ता सुसिला श्रीपाली संग ब्यवसाहिकता नभएको क्षेत्रमा किन हात हाल्नु भयो भन्ने प्रश्न गर्दा उनले देशको कला संस्कृतिको जगेर्ना गर्नु मेरो पनि दायित्व हो र यस क्षेत्रमा समर्पित हुने मेरो रहर पनि भएकोले यी यस्ता गीतहरु बजारमा ल्याउन मलाई कुनै वाधाअर्चन आइ नपर्ने कुरा बताएकी छिन् ।

अजय थापा र सुशिला श्रीपलिको सुमधुर स्वरमा रहेको यस गीतलाई लय अजय थापाले तयार परेका हुन् भने शब्द दीपेन्द्रराज अधिकारीले भरेका छन् । गीत निकै रोमान्चक सैलिमा तयार भएको छ ।यस गीतको म्युजिक भिडियोमा सर्वप्रिय कलाकार बहुप्रतिभाका धनि रामजी खांड डबल रोलमा देखिएका छन् । उनि संगै करिश्मा ढकाल र नुना बि.सी को अभिनय देख्न सकिन्छ ।

गीतको अडियो तथा भिडियोको सर्वधिकार आत्मा बिस्वाश फिल्म्स प्रालिले प्राप्त गरेको छ । आत्मा बिस्वाश फिल्म्स प्रालिका प्रबन्ध निर्देशक दुर्गा बिरहीले आफुले सकेसम्म यस गीतलाई प्रचार-प्रसार सहयोग गर्ने बताएका छन् । “चिरिबिरी सुन्तालिमै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया