काठमाडौं । सिरानचोक गाउँपालिका वडा नं. ८ धारापानीमा जन्मिएकी कुशमाया तामाङको सम्झनामा ठाडो भाका बजारमा आएको छ । कुषमाया तामाङ गायिका चिजा तामाङको बाल्यकालदेखिको साथी हुन् । उनी यो संसाबाट विदा लिइसकेकी छन् । आफ्नै साथीको सत्यघटनामा आधारित गोर्खाली ठाडो भाका बजारमा आएको छ । गायिका चिजा तामाङ र कुषमाया तामाङकै भाइ सन्तोष तामाङले स्वर दिएका छन् । चिजा तामाङ र सन्तोष तामाङको शब्द रहेको यो ठाडो भाकामा सुमित्रा लामाले भाका संकलन गरेकी छन् ।

ऐतिहासिक भूमि गोरखा जिल्लाको सिरानचोकमा जन्मिएर गीतसंगीतको क्षेत्रमा लागेका चिजा र सन्तोषको यो ठाडो भाकाले गोरखाको मौलिक गीतसंगीतलाई झल्काएको छ । गीतको भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायाँकन गरेका छन् । सुजन शाहीको सम्पादन रहेको यो म्यूजिक भिडियो सिरानचोककै सेरोफेरोको दृश्यसहित निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया