राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो समय विभिन्न  गीत संगीतहरु आउने क्रम जारी रहेको छ सोहि क्रममा माने भञ्ज्याङ म्युजिक प्रालि मार्फत एक अत्यन्त कर्णप्रिय र रमाइलो गीत ल्याएको छ । उक्त गीत बिदुर आपगाईंको प्रस्तुतिमा “रमाइलो डाँडैमा” बोलको रहेको छ । नेपाली गीत संगीतमा आफ्नै कला संस्कृति र मौलिकता खोज्ने हो भने यस क्षेत्रमा केहि बर्ष आफ्नो जिबन समर्पित गरिसकेका कलाकारहरु बाट मात्रै ति मौलिक स्वाद पाउन सकिने भएको छ ।

किन कि हिजो आजका कलाकारहरु बाट मात्र ब्यवसाहिकता  ध्यानमा राखेर गीतहरु बजारमा ल्याईरहेको हामि पाउदछौं । तसर्थ माथि उल्लेखित गीत बिदुर आपगाईंको हो र उनि मार्फत सृजित यस भाकाले हाम्रो आफ्नै कला संस्कृति र मौलिकताको जगेर्ना अवस्य पनि गर्ने छ भन्ने कुरामा हामि बिस्वस्त रहेका छौं । विदुरले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा धेरै बर्ष बिताईसकेका छन् ।

यस गीतमा बिदुर आपगाई र सुजाता बिकको सुमधुर स्वर सुन्न सकिन्छ भने लय सुर्यमणि आचार्य र शब्द द्वारिका ढुंगानाको रहेको  छ । गीतको म्युजिक भिडियो लाई गोपाल थापाले निर्देशन गरेका छन् । बासु बरालको छायांकनमा तयार भएको भिडियोको सम्पादक मिन रावलले गरेका छन् भने यस गितको म्युजीक भिडियोमा रमेश थापा र आयुस्मा कार्कीको अभिनय देख्न सकिन्छ  । यस गीतको म्युजिक भिडियोलाई माने भञ्ज्याङ म्युजिक प्रालिको युट्युब च्यानल मार्फत डिजिटल बजारमा सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया