काठमाण्डौ असार  ०३ – । गायक तथा सर्जक नकुल ढकालको भष्ट्रचार बिरुद्धको एक गित सार्वजनिक भएको छ । ढकालको शब्द संगितमा रहेको द्धारिकालाल जस्तो मेयर देशै भरि चाहियो भन्दै देशमा बिभिन्न क्षेत्रबाट चर्चित पात्रहरुलाई समेटर “मेयर द्धारिकालाल” बोलको गित सार्वजनिक भएको छ । गितमा स्वर नकुल ढकाललाई सिता परियारले साथ दिएकी छिन । तारानाथ आचार्यको एरेन्जमा बनेको गितमा गणेश सापकोटाले छायांकन सम्पादन गरेका हुन । गितलाई ढकालको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

देशको समसामहिक विषयवस्तुलाई गितमा उठान गरिएको छ । देशमा बढ्दो भष्ट्रचार बलत्कार, महगी जस्ता बिषयमा देशमा अभियान संचालन गरेका युवा तथा कर्मचारीहरुलाई समेटेर आफुले पनि समाज परिवर्तनमा सहयोग गर्न लागेको गायक ढकाले बताए । देशमा भईरहेको भष्ट्रचारलाई निर्मुल पार्नको लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने ढकालको भनाई छ । म्याग्दीको बेनी बजारको क्यापसचोकमा ढकाल सोलार हाउस संचालन गरेका गायक तथा सर्जक ढकालले यस भन्दा पहिले पनि दजनौ हिट गित बजारमा ल्याएका छन ।

भिडियो हेर्न त क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया