आर पोखरेल , काठमान्डौँ ।
अनुरोध म्युजिक प्रालीको प्रस्तुतीमा गायक मदन ढकाल र गायिका प्रविना आचार्यको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी ”राजा रानी” गीतको भिडियो बजारमा आएको छ ।

अर्जुना थापाको शब्द तथा गणेश राना र विष्णु शर्माको लय सिर्जनामा गीत तयार पारिएको छ । आफनी प्रेमिकालाई जिवनको सुनौलो संसारमा लग्नको लागी गायक निकै तयार भएका छन । आफनी प्रेमीकालाई स्वर्गमा लगेर आफनो छुटटै संसार बनाउने कुरा प्रेमीले गीतमा गरेका छन ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । ”राजा रानी ” गीतको भिडियोमा मदन र प्रविनाको अभिनय रहेको छ ।
”राजा रानी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया