राजु बोहरा–काठमाडौँ । हरेको बुवा आमाको चाहना आफ्नो सन्तान ठुलो भएर उन्नति र प्रगति गरोस् भन्ने चाहना हुन्छ तर पनि बाध्यता र विवस्ताले आफ्नो आफ्नो बुवा आमाको चाहना पुरा गर्न नसक्दाको पिंडा कयौं नेपालीहरुले भोगिरहेका हुन्छन् । यहाँ एक यस्तै घटनाको पेरिफेरीमा गीत बजारमा आएको छ । “मेरी आमा” नामकरणको साथमा बजारमा आएको गीतमा एक परिवारको छोरा परदेशमा हुन्छन् र आफ्नो बुवा आमालाई परेको दुख पिंडालाई मलम लगाउन नसक्दाको जिबन्त कथा समाबेस गरिएको छ । यसो हुँदा पनि आफ्नो आमा बुवाको खुसि किन्न प्रबासमा रहेका छोराले आफ्नै आमा बुवालाई मन सम्हाल्न अनुरोध गरेको प्रसङ्ग यस गीतमा जोडिएको छ ।

गोर्खाली प्रतिभावान युवा सर्जक रमेश परियारको लय तथा शब्द सिर्जना तयार भएको यस गीतमा आर.सी सापकोटाको सुमधुर स्वर सुन्न सकिन्छ । गायक आर.सी सापकोटाले सामाजिक परिबेसमा रुमलिएको यस गीतमा आफ्नो गायकी द्वारा जिबन्त दिने प्रयास गरेका छन् । गीत जति मिठास पूर्ण छ त्यति नै म्युजिक भिडियो पनि सामाजिक कथावस्तुलाई  घेरेर प्रस्तुत गरिएको छ । भिडियोमा सुरबीर पण्डित “दारिबा” र रमा थपलियाको अभिनय देख्न सकिन्छ । “मेरी आमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन दिपक बिष्टले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई आर.सी सापकोटाको व्यक्तिगत युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया