राजु बोहरा–काठमाडौँ । सिङ्गो नेपाली गीत संगीतमा ब्यवसाहिकता नहुँदा पछिल्लो समय ब्यवासाहिक मुखी गीतहरु बजारमा अलि बढी मात्रामा बजारमा आइरहेका छन् । यसो हुँदा लोक तथा दोहोरी मिठास्ता कतै हराउने त होइन भन्ने किसिमको चिन्ता उत्पन्न भैरहंदा रामेछापका प्रतिभावान कलाकार रामकुमार कार्कीले ब्यवासहिकता र मौलिकतालाई पनि ध्यानमा राखेर “कोइली चरी” बोलको गीत भर्खरै मात्र सार्बजनिक गरेका छन् । उक्त गीत रामकुमारको मात्र नभै रामेछाप जिल्लाकै चर्चित गायिका कमला खड्काको पनि संयुक्त प्रस्तुति हो । बिशेष गरेर युवा अवस्थामा मन उब्जेका अन्याकौं प्रेम भाव समाबेस गरिएको यस गीतमा रामकुमार कार्की र कमला खड्काको नै सुमधुर स्वर सुन्न सकिन्छ ।

अर्का प्रतिभावान कलाकार नवराज दाहाल द्वारा लय तथा शब्द सिर्जना भरिएको यस गीतको म्युजिक भिडियोलाई निकै खर्चालु र मेहनतका साथ तयार गरिएको छ । त्यसैले पनि गीत निर्माण युनिट सफल हुनेमा ढुक्क रहेको छ । यस गीतको म्युजिक भिडियोमा रामचन्द्र बोहरा र अहिलेकी बहुचर्चित मोडल अन्जली अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया