आर पोखरेल , काठमान्डौँ ।
झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक बसन्त थापा र यम क्षेत्रीको आवाजमा मनै रुहाउने ”मेरो हजुर” गीतको भिडियो बजारमा आएको छ ।
दिलिप रेग्मीको शब्द तथा मौलिक लय सिर्जनामा गीत निकै मेहनत गरेर तयार पारिएको छ । आफनो श्रीमान गुमाउनु पर्दालाई गीतमा समेटिएको छ । पिर र वेदनका स्वरहरु गीतका शब्दहरुमा सजिएको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”मेरो हजुर” गीतमा दिलिप रेग्मी , कञ्चन पुन , प्रेरणा बोहरा , सुफिया मिल , सुरेन्द्र हमाल , होम धिताल , शिव शर्मा र रोशन क्षेत्रीको अभिनय रहेको छ ।
”मेरो हजुर” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया