कुनै समय नेपाली फिल्मी क्षेत्रका चर्चित नायक हुन विराज भट्ट । एक्सन किंगको रुपमा आफुलाई स्थापित गरेका यी नायकले लामो समय नेपाली पर्दामा राज गरे तर बीचमा उनी भोजपुरी फिल्ममा आर्कषित भए । जहाँ उनले नाम र दाम दुबै कमाए । यतिबेला यीनै नायक नेपाली पर्दामा धमाकेदार कमव्याक गर्ने तयारीमा रहेका छन् । विराजले ‘साङ्लो नामक फिल्मको निर्माण एवं निर्देशन गरिरहेका छन् । हाल यस फिल्मको सुटिङ डोटीमा धमाधम भईरहेको छ ।

सुटिङ भईरहेको विराजको यस फिल्मलाई डोटीको जोरायल गाउँपालिकाले १० लाख दिएको छ । जेठ २७ गते बसेको कार्यपालिकाको बैठकले फिल्मलाई सो रकम दिने निर्णय भएको हो । फिल्ममा गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको पनि अभियन रहेको छ । फिल्ममा उनले नायिकाको बुवाको भूमिकामा काम गरिरहेका छन् । गाउँपालिकाको पर्यटन प्रवर्द्धन शिर्षकबाट बजेट फिल्मलाई किन त ?

उनले फिल्मको सुटिङ यहाँ आएर गर्दा सो क्षेत्रको कला संस्कृती देखाईने भएकोले पर्यटन विकासका लागि १० लाख सहयोग गरिएको उनले बताएका छन् । फिल्ममा उनका सहोदर दाई दीर्घराज ओझाले पनि अभिनय गरेका छन् । उनले फिल्ममा खेल्नका लागि १० लाख नदिएको बताएका छन् । यता गाउँपालिकाका अध्यक्षले एकलौटी निर्णय गर्दै फिल्मलाई १० लाख दिएको भन्दै व्यापक आलोचना भईरहेको छ । एक्सन प्रधान यस फिल्ममा पूर्व मिस निकिता चाण्डक नायिकाको रुपमा रहेकीछिन् ।

तपाईको प्रतिक्रिया