अमृता भण्डारी , काठमान्डाँै  । 
आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”गीत तिम्रो” गीतको भिडियो सार्वजनिक भए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ  ।
प्रेमका सुवासहरुलाई गीतमा निकै कलात्मक रुपमा सजिएको छ  । आफनो प्रेमीको साथमा हुन पाउदा जिवनमा स्वगीय आनन्द पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ  । सविन प्रयान्सिको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ  । प्रकृती सगँ आफनो प्रेमीलाई दाँजिएको छ  ।
उत्सब दाहालको छायाँकन , नविन निरौलाको सम्पादन तथा प्रिन्सपन  कार्कीको निर्देशन भिडियोमा रहेको छ  । ” गीत तिम्रो” गीतमा आर्यन बज्राचार्य र रिचा थापाको अभिनय रहेको छ । 
” गीत तिम्रो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।





 
					 
				













 





















































