राजु बोहरा–काठमाडौँ । कलाकारहरुका अथक मेहनत र परिश्रम बाट नेपाली सांगीतिक बजारमा निकै उत्कृष्ट गीतहरु क्रमस बजारमा आइरहेको छ । सोहि क्रममा राज लिम्बुको स्वरमा “बुझिदेउ” बोलको गीत पनि भर्खरै बजारमा आएको छ । कसरी हुन्छ आफ्ना श्रोता तथा दर्शकहरुका लागि पृथक स्वाद दिने नै कलाकारहरुको चाहना हुन्छ । यसैलाई मध्यनजर राख्दै एक तेश्रो लिंगीको आत्मा कथालाई समाबेश गरिएको यस गीतलाई शब्द संगीत पनि राज लिम्बुले भरेका छन् ।

गीतको कथावस्तु अनुसार भिडियोलाई पनि छर्लंग पार्ने प्रयास गरिएको छ । “बुझिदेउ” बोलको गीतको म्युजिक भिडियोमा निरज आशिक लक्ष्मण सावित्री देवी गौतमको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा सम्पादन क्रान्ति के.सी र छायांकन अजय रेग्मी ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया