राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागि समर्पित नाम उमा श्रेष्ठ जो सिन्धुपाल्चोक जिल्लाकी गहना हुन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । बिशेष गरेर लोक तथा दोहोरी गीतमा मौलिकता हराउनु हुन्न भन्ने मान्यता राख्दै आफ्नो कलाकारिता यात्रालाई निरन्तरता दिंदै आएकी उमाले फेरी अर्को गीत बजारमा लिएर आएकी छिन् । उक्त गित “मोही खाउँला बोट्कामा” बोलको रहेको छ

उमा संगै यो गीत रामेछापका प्रतिभावान युवा कलाकार प्रकाश कटुवाल संगको सहकार्यमा हो । पछिल्लो समयमा चलेको ट्रेनमा नै आधारित यस गीतलाई लय शब्द पनि गायक स्वयम् प्रकाश कटुवालले नै भरेका छन् । उमा र प्रकाशले यस भन्दा अगाडी पनि केहि गीतहरुमा सहकार्य गरिसकेका छन् । बिगतका गीतहरुले अत्याधिक सफलता पाएकै कारण पनि उनीहरु द्वयको यो निरन्तर सहयात्राको अर्को अंश हो ।

प्रकासनमा आएको यस गीतलाई अहिले सम्म १ लाख १९ हजार दर्शकहरुको नजरमा परिसकेको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा सुलेमान शंकर ईकु र एलिना रायमाझीको अभिनय हेर्न पाईन्छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्का ड्रोन अजय रेग्मी र सम्पादन मिलन बि. क को रहेको छ । हामी प्रकाश र उमाको यस सांगीतिक कोसेलीको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया