राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्बृद्धिका निमित्त बिभिन्न म्युजिक कम्पनी हरु अहिले क्रियासिल रहेका छन् । यसरी क्रियासिल रहंदा ब्यवसाहिकता लाई ध्यान दिनुपर्ने हुन्छ । यसै कुरालाई अग्रपंतिमा राख्दै बिभिन्न गीतहरु बजारमा आउने क्रममा पछिल्लो पटक केहि फास्ट बिटका गीतहरु बजारमा आइरहेका छन् । तर यति बेला सैली क्रिएसन प्रालिले सबै कुरालाई व्यवस्ता गर्दै एक निकै मन छुने मन्द बिटको “फर्गीकेर आइदेउन निरमाया” बोलको गीत बजारमा ल्याएको छ ।

उक्त गीतमा रामचन्द्र चन्दको सुंधुर स्वर सुन्न सकिन्छ । यो एक लोक गीत हो । गीत सुन्दा र यस गीतको म्युजिक भिडियो हेर्दा बिस्वको जुनसुकै कुना कन्दरा रहेता पनि आफ्नै गाउँ वस्तीमा रहेको महसुस हुन्छ । किन कि यी लोक गीतमा पाउने मिठास्ता अन्य गीतहरुमा कमै मात्रामा पाइने गरिन्छ । गीतलाई लय तथा शब्द सिर्जना प्रतिभावान युवा सर्जक अनिल खनालले तयार पारेका हुन् । कुनै गाउँ वस्तिमै पुगेर संकलन गरेर ल्याए झैं लाग्ने यस गीतको म्युजिक भिडियोमा कृष्ण जंग हमाल र वर्षा कुँवरको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन हम गैरेले गरेका हुन् भने छायांकन बसन्त महर्जन र सम्पादन पनि हम गैरेले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया