राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो पटक निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा अशंख्य श्रोता तथा दर्शकहरुको सांगीतिक चाहनालाई ध्यानमा राखेर “बैमानी बैमानी” बोलको गीत पनि बजारमा आएको छ । युवापुस्त लक्षित यो गीत जितु श्रेष्ठ र अनु अधिकारीको सुमधुर स्वरमा रहेको छ । कसैको रुपको सुन्दरताले मोहित बनेको प्रसंगमा तयार भएको यस गीतलाई शब्द योगेन धोली र संगीत मिलन सुर्खेतिको रहेको छ ।

गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर अहिले डिजिटल बजारमा सार्बजनिक भैसकेको छ । भिडियोमा निता ढुंगाना, आमेश भण्डारी लागएत साथीहरुको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिदुर सिवाकोटी र छायांकन तथा सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया