राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र श्रीवृद्धिकोलाई कलाकारहरु हरतह बाट खटिरहेका छन् । यसै क्रममा स्थायी घर भक्तपुर रहेका घनश्याम थापा पनि निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल रहेका छन् । उनले यस अगी थुप्रै लोक तथा दोहोरी गीत र युवापुस्ता लक्षित पप गीत समेत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । यस लगत्तै घनश्यामले पछिल्लो पटक एक आधुनिक गीत पनि बजारमा लिएर आएका छन् । उक्त गीत “यस्तै रैछ माया प्रिती” बोलको रहेको छ ।

मायामा कयौं हण्डर खाएर मायाकै परिभाषामा तयार भएको यस गीतलाई स्वर शब्द र संगीत पनि घनश्याम थापाले नै भरेका हुन् ।बहुप्रतिभावान कलाकार घनश्याम थापाको यस गीतको म्युजिक भिडियोमा प्रशान्त थापा, रोहित जोशी र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन घनश्याम थापा स्वयम् ले गरेका हुन् भने छायांकन अशोक कार्की र सम्पादन दिप सागरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया