राजु बोहरा–काठमाडौँ ।  नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ मौलिक पन हराउन नदिन धर्मराज पोख्रेलले एक निकै लोभ लाग्दो गीत बजारमा लिएर आएका छन् । उक्त गीत “यति कुरा था छ कि था छैन” बोलको रहेको छ । यस गीतको म्युजिक भिडियोमा शंकर विसी र अन्जली अधिकारीको आकर्षक नृत्य रहेको छ । धर्मराज पोख्रेलको कला प्रसंनिय छ यस भित्र पनि शंकर र अन्जलिको नृत्यले गीतलाई थप उचाइमा पुर्याएको छ ।  यो गीत सार्बजनिक भएको एक हप्ता मै अशंख्य दर्शक तथा श्रोताहरुको माया पाउन सफल भएको छ । यो गीत अहिले बिज्ञापननो निमित्त राम्रो मानिने टिकटकमा पनि निकै चर्चित बनिरहेको छ ।

शंकर विसीको निर्देशनमा तयार भएको यस गीतको म्यजिक भिडियोमालाई छायाङ्कन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन नबिन घर्तिमगरले गरेका छन् । गायक धर्मराज पोखरेलको गायन तथा निर्माणमा तयार भएको गीतमा देवी घर्ति मगर, सुरेशरमण अधिकारी र स्मृति शाहीको स्वर रहेको छ । गीतको शब्द तथा लय शिखर गजरकोटेको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया