काठमाण्डौ असार २६ – लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको आयोजनामा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न भएको छ । प्रतियोगिता यहि असार २२ गते सुरु भएर असार २५ गते सम्पन्न भएको हो । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता तथा बरिष्ठ गायक एबम चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रतिस्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी विशेष अतिथीको रुपमा रहेका थिए । प्रतियोगितामा २८ समुहले भाग लिएका थिए ।

सो प्रतियोगितामा प्रथम जुनकिरी दोहोरी साझ, दोस्रो नगरकोट दोहोरी साझ (ख) , तेस्रो गन्डकी प्रदेश, सान्त्वना नगरकोट दोहोरी साझ (क) भएका थिए भने अनुशासित कलाकार तर्फ जालुमाया गुरुङ्ग, नवदित कलाकार तर्फ कृष्णा राना क्षेत्री, उत्कृष्ट गायक तर्फ अर्जुन खड्का, उत्कृष्ट गायिका तर्फ सपना रोका बिजयी हुन सफल भएका थिए । प्रथम पुरस्कार रु १ लाख, दोस्रो पुरस्कार रु ५० हजार, तेस्रो पुरस्कार रु २५ हजार, सान्त्वना पुरस्कार रु १० हजार, उत्कृष्ट गायक गायिका पुरस्कार रु ५०००/५००० , नवदित कलाकार र अनुशासित कलाकारलाई रु २५००/२५०० पुरस्कारको राशी तोकिएको थियो । प्रथम पुरस्कारको प्रायोजन पृथ्वी थकालिले गरेका थिए ।

प्रतियोगी समुहको समायोजन कृष्ण आशुले गरेका थिए । कार्यक्रम संयोजकको रुपमा प्रतिस्ठानका केन्द्रिय बरिस्ठ उपाध्यक्ष रमेश बिजि रहेका थिए । कार्यक्रम अवधिभर रमेश बिजिले नै कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सो कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए । प्रतियोगिताका बिजेता समुहलाई नारायण रायमाझी, पृथ्वी थकाली, राजेश थापा लगायत अन्यले पुरस्कार बितरण गरेका थिए ।

कार्यक्रम भब्य रुपले सम्पन्न भएको भन्दै केन्द्रिय बरिस्ठ उपाध्यक्ष, केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी र केन्द्रिय काेषाध्यक्ष दिपक खड्काले सहयोगीदाता, कलाकार, पत्रकारहरु प्रती आभार प्रकट गर्दै बिजेताहरुलाई बधाई ज्ञापन गरेका थिए । आगामी दिनमा पनि सहयोगीदाता र पत्रकारहरुको सहयोग रहने कुरामा आशाबादी रहेको कुरा कार्यक्रम संयोजक रमेश बिजिले बताए ।

तपाईको प्रतिक्रिया