राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल गायिका काब्य आचार्यले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै  “दिलमा सजाउछु” बोलको गीत भर्खरै सार्बजनिक गरेकी छिन् । उनले यस अगिका बर्षहरुमा पनि केहि तीज गीतहरुमा आफ्नो स्वर भरिसकेकी छिन् । बिगतमा काब्य द्वारा स्वरबद्ध गीतहरुमा एक बिबाहित नारीको यथार्थ जिबन भोगाई समाबेश भएका हुन्थे भने यस बर्षको प्रस्तुतिमा उनले आफ्नै जिबनिमा मिल्दो जुल्दो गीत बजारमा ल्याएकी छिन् ।

काव्यले आफ्नो उमेर संगै मौलाउदै गएको रुप रंग सिहार्ने कसैको आवस्यक्तामा सम्बन्धित यस गीतमा स्वर भरेकी हुन् उनले गीत मार्फत भनेकी छिन् , घरकाले नि खोज्देनन्, आफै भन्न लजाउछु, मन परेको पाएँ भने दिलमा सजाउछु भन्दै मन भित्रको भाव पोखेकी छिन् । गायिका काव्यको स्वरलाई सन्तोष श्रेष्ठले शब्द संगीत भएका हुन् ।

गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा श्रीष्टि खड्का र साथीहरुको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । स्मृति तिमिल्सिना (गुरुआमा) द्वारा निर्देशित भिडियोलाई छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया