संगीत सरोबर डट कम, राजु बोहरा–काठमाडौँ । बिसेष गरेर उद्घोषण बिदामा ख्याती कमाएकी गायिका शितल शर्माले नेपालीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै आफ्नो एक प्रस्तुति भर्खरै बजारमा ल्याएकी छिन् । उनले बिगतमा एक संचार गृहमा रहेर पनि नेपाली गीत संगीतको बारेमा राम्रै अध्ययन गर्ने अवसर प्राप्त गरेकी छिन् । त्यसैले पनि कुनै चाड पर्वको नाममा बजारमा आउने गीत संगीतहरुमा मौलिक स्वाद हुनै पर्छ भन्ने मान्यता शितल राख्दछिन् ।

उनको यस बर्षको तीजलाई लक्षित गर्दै बजारमा आएको गीत “चौतारी” बोलको रहेको छ । एक अबिबाहित नारी बैबाहिक बन्धनमा बाँधिएर जन्म घरबाट कर्म घर गएपछि आफ्नो सारा सर्वस्व उक्त घर रहेको प्रसङ्गमा सुसजित यस गीतमा स्वर शितल शर्माको एकल रहेको छ भने लय खुमन अधिकारी र शब्द बैकुण्ठ महतको रहेको छ ।

“चौतारी” बोलको गीतको म्युजिक भिडियोमा निरु खड्का, किश्वर निरौला र दिभिषा शर्माको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन मधुर बस्नेत र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामि मिज्यासिलो स्वभावकि संचारकर्मी, उद्घोषिका एवं गायिका शितल शर्माको तीज गीत “चौतारी” को पूर्ण सफलताको शुभकामाना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया