राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ सालको शुभकामना सहित बिदुर आपगाईको तीज गीत “चिटिक्कै परेकी” बोलको गीत भर्खरै बजारमा आएको छ । कुनै पनि सांगीतिक सिर्जना बजारमा ल्याउदा जसरी पनि पृथक स्वाद दिने हरेक कलाकारहरुको कोसिस हुने गर्दछ । गायक तथा सर्जक बिदुर आपगाईले पनि यसै कुरालाई ध्यानमा राख्दै क्रमस बिभिन्न सांगीतिक स्वाद बजारमा ल्याईरहेका छन् । बिशेषत उनको सिर्जना मौलिक नै हुने गर्दछन् । यसै सेरोफेरो भित्बर बजारमा आएको बिदुर आपगाईको तीज गीत “चिटिक्कै परेकी” बोलको गीतमा दिपा लामा र हेमन्त शिशिरको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडियोलाई पनि निकै मेहनत र खर्चालु ढंगले तयार पारेर अहिले माने भन्ज्याङ्ग म्युजिक प्रालि मार्फत सार्बजनिक गरिसकिएको छ । भिडियोमा श्रीष्टि खड्का र कमल सिंहको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । देबेन्द्र पाण्डे द्वारा निर्देशित भिडियोलाई छायांकन बासु बराल र सम्पादन मिन रावलले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया