राजु बोहरा–काठमाडौँ । स्थायी घर सिन्धुपाल्चोक र अहिले काठमाण्डौमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा संघर्षरत युवाकलाकर जे.पी श्रेष्ठले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन मन मस्तिष्कमा बास बसिसकेका छन् । उनै जे.पी ले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ सालको शुभकामना सहित सरिता रिजाल संगको सहकार्यमा तीज गीत “रन्को” भर्खरै सार्बजनिक गरेका छन् ।

बिशेष गरेर नारी पुरुष बिचको पहिलो देखादेख र तीजको दिनमा भएको भेटमा एक अबिबाहित युवा युवती बीच रुपको प्रसंसा गरिएको प्रसङ्गलाई कैद गरिएको यस गीतमा जे.पी श्रेष्ठ र सरिता रिजालको सुमधुर स्वर रहेको छ । गीतलाई लय शब्द उनै प्रतिभावान कलाकार जे.पी श्रेष्ठले भरेका हुन् । यस गीतमा गायिका सरिता रिजालको स्वर सुन्दा उनि पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागि निकै आशा लाग्दी गायिका हुन् ।

गीतको सुरुवाती देखि अन्त्य सम्म सुन्दा र हेर्दा लाग्छ यसै गीतबाट भिडियोमा समाबेस काल्पनिक पात्रको माया झाँगिएको भिडियोमा अर्की आशा लाग्दी मोडल पार्वती पुन मगर, शंकर बि.सी र रिना थापाको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ । “रन्को” बोलको तीज गीतलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामी यो तीज गीत “रन्को संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया