राजु बोहरा–काठमाडौँ । स्थायी घर धादिङ्ग भएकी मिज्यासिलो स्वाभाबकि गायिका गीत सेन्चुरीले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ साललाई लक्षित गर्दै मौलिक तीज गीत भर्खरै बजारमा ल्याएकी छिन् । उक्त गीत “आँगनी” बोलको रहेको छ । एक नारी जन्म घरबाट बिबाह गरेर कर्म घर पुगेपछी पोहोर साल माइत आउन नपाएको र यस वर्ष भने संयोग जुरेकोले आफ्नो भाई संग गरिएको रमाइलो प्रसंगलाई गीतमा बुनिएको छ । गीतलाई लय रोइला गीतबाट आफ्नो उच्च स्थान बनाएका गायक शिरिष देबकोटाको रहेको छ । शिरिषले रोइला मात्र होइन अन्य धेरै सामाजिक यथार्थपरक गीतहरुमा पनि आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

प्रस्तुत गीतमा शिरिष देवकोटा र गीता सेंचुरिको सुमधुर स्वर सुन्न सकिन्छ । बर्ष दिनको थकाई तीजको समयमा नाच्दै मेट्ने बातावरणको सिर्जना होस् भन्ने सोच बोकेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा अर्जुन गिरी, सम्झना बुढाथोकी र रश्मि भट्टको आकर्षक अभिनय रहेको छ । स्मृति तिमिल्सिना “गुरुआमा” द्वारा निर्देशित भिडियोलाई छायांकन सुरेश श्रेष्ठ, सन्तोष महरा, र सम्पादन प्रकाश धमलाले गरेका छन् । हामी यस गीतकी गायिका गीता सेंचुरिको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया