राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै लोकप्रिय गायिका पूर्णकला बि.सी को स्वरमा एक मौलिक तीज गीत भर्खरै बजारमा आएको छ । ब्यसाहिकताको नाममा आधुनिक तीज गीतहरु बजारमा आइरहेको बेला यी यस्ता मौलिक तीज गीतले अवस्य पनि सम्पूर्ण नेपालीहरुलाई त्यहि बिगतका यादहरु एक पटक पुर्याउने छ । उक्त गीत धर्मराज गिरीको प्रस्तुतिमा “कांकरी अचार” बोलको रहेको छ ।

पछिल्लो समयमा तीज गीतहरुमा पुरुष हाबी भएको स्थितिमा गायिका पूर्णकला बि.सी को सुमधुर स्वर द्वारा सुसजित यस गीतबाट बल्ल यथार्थपरक तीज गीत बजारमा आएको हामी सबैलाई भान हुन सक्दछ । तीजको बहानामा वर्षभरिको थकान मेट्न एक बिबाहित चेली आफ्नो माइती घर पुग्छिन् र नाचगान कै समयमा आफ्ना साथीसंगीहरुलाई मेरो आमा, फुपु, माइजु, अथवा अन्य परिवारका सदस्यले बनाएको परिकार खाने भए झिकी दिउँला भन्जने किसिमको भावहरु समाबेश “कांकरी अचार” बोलको गीतलाई लय शब्द धर्मराज गिरीले तयार पारेका हुन् ।

गीतको म्युजिक भिडियोमा रिना थापा र आरुषी मगरको कार्शक नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । “कांकरी अचार” बोलको गीतको म्युजिक भिडियोलाई गायिका पूर्णकला बि.सी को आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया