काठमाडौं श्रावन ०७ – राजधानीमा आयोजित राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ मा तीन सञ्चारकर्मी सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा राष्ट्रखबरका सम्पादक राज लुइंटेल, म्युजिक खबरका सम्पादक सविता पोखरेल र रेडियो नेपालका क्षितिज समर्पण रहेका छन् ।
अवार्ड समारोहकी प्रमुख अतिथी भुतपुर्ब सामान्य प्रशासन मन्त्री एवं नेतृ पम्फा भुसालको हातबाट सन्चारकर्मी त्रयले सम्मान प्राप्त गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन, संरक्षण र सम्बद्र्धन गर्न साथै श्कोरष्टाहरुको हितको लागि सञ्चारकर्मको माध्यमबाट योगदान पुर्याएको भन्दै साधना म्युजिक अवार्ड २०७६ मार्फत उनीहरुलाई ‘साधना संगीत पत्रकारिता पुरस्कार –२०७६’ द्सवारा सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया