राजु बोहरा–काठमाडौँ । पछिल्लो समय नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लक्षित गीतहरु प्रसस्त मात्रामा बजारमा आइरहेका छन् । यसरी बजारमा आएका गीतहरु थोरै मात्रामा मात्र तीजको मर्म लुकेको गीतहरु बजार रहेका छन् । यसै सेरोफेरो भित्र अर्को एक मौलिक र सम्बन्धित पर्वको मर्म लुकेको गीत “परदेशी भाई” बोलको गीत भर्खरै बजारमा आएको छ ।

ब्यवसाहिकताको नाममा यसरी बजारमा आउने गीतको तुलनामा यो मौलिक  र सामाजिक यथार्थपरक गीतले कति दर्शक तथा श्रोताहरुको माया प्राप्त गर्ने छ, त्यो हेर्नै बाँकी छ ।

गीतलाई लय रामचन्द्र चन्दले भरेका हुन् भने शब्द हामि कलाकारहरुले जसरी हुन्छ, लोक गीतको नाममा बिकृति नफैलाई मौलिकताको जगेर्ना गर्नु पर्छ भन्ने मूल उदेस्य बोकेर यस क्षेत्रमा समर्पित सर्जक अनिल खनाल ले भरेका छन् । “परदेशी भाई” बोलको तीज गीतमा रामचन्द्र चन्द र वर्षा मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोमा बेगम नेपाली , अम्बिका गौतम र अमित चन्दको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन हम गैरेले गरेका हुन् भने छायांकन टंक के.सी र सम्पादन हम गैरेले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया