राजु बोहरा–काठमाडौँ । बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गरेर ख्याती कमाएकी मोडल सलिना नेपालीको अभिनयमा एक निकै रोमान्चक तीज गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गीत “गोरखपुरे रेल” बोलको रहेको छ । मोडल सलिना संगै यस गीतको म्युजिक भिडियोमा राम्जी खांड र बिश्वास नेपालको पनि आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । सलिनाले यस अगी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरेर अशंख्य दर्शकहरुको मन जितिसकेकी छिन् ।

“गोरखपुरे रेल” बोलको यो तीज गीत बसन्त लम्साल र मन्जु भट्टराईको प्रस्तुतिमा बजारमा आएको हो । गीतलाई लय बसन्त लम्सालले सिर्जना गरेका हुन् भने शब्द बिक्कु कुँवरले तयार पारेका छन् । निकै आकर्षक ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायाँकन अजय रेग्मी र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया