राजु बोहरा–काठमाडौँ । आफ्नै मौलिक कला संस्कृतिलाई हामि सम्पूर्ण कलाकारहरुले जगेर्ना गर्नुपर्छ भन्ने उदेस्य बोकेर निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गित संगीतको क्षेत्रमा क्रियासिल राम्जी बुढाथोकीको स्थायी घर काठमान्डौ आसपास नै पर्दछ । त्यसैले पनि उनले हरेक आफ्ना प्रस्तुतिहरु काँठ सुगन्धमा बजारमा ल्याउने गर्दछन् । सोहि अनुरुप नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै एक गीत भर्खरै सार्बजनिक गरेका छन् । उक्त गीत “भोक्कै हुन्छ भुँडी” बोलको रहेको छ । रोमान्चक धारमा तयार भएको यस गीतमा तिमि नै माइत गएपछी मलाई पकाएर खान दिने को हुन्छ र ? त्यसैले नजाऊ भन्ने किसिमको भाव समाबेश छ ।

यस गीतलाई राजेन्द्र भण्डारी र राम्जी बुढाथोकीले लेखेका हुन् भने लय राजेन्द्र भण्डारीले भरेका हुन् । गीतमा राम्जी बुढाथोकी र कमला खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीत सुन्दा जति आनन्द आउँछ त्यो भन्दा बढी यस गीतको म्युजिक भिडियो हेर्दा बढी आनन्द आउनेछ ।भिडियोमा रामचन्द्र बोहरा र चन्दा दाहालको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोमा उनीहरु द्वय मात्र होइन अन्य साथीहरु सहित कमिड़ी रुपमा गायक तथा सर्जक राम्जी बुढाथोकी पनि देखा परेका छन् । “भोक्कै हुन्छ भुँडी” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायाँकन नमराज घिमिरे र सम्पादन बिर बहादुर थारुले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया