राजु बोहरा–काठमाडौँ । के पुर्ब के पश्चिम सबै भूभागका गीत संगीतमा आफ्नो सिर्जना र स्वर सजाउन माहिर बरिष्ट गायक तथा सर्जक भोजराज काफ्लेको लय शब्दमा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ सालको शुभकामना सहित यस बर्षको तीज गीत बजारमा आउने क्रममा सबै भन्दा पहिलो संगीतिको कोसेली “रातो सारी चट्ट पारी” बोलको गीत सार्बजनिक भैसकेको छ । उक्त गीतमा भोजराज काफ्ले, आकृति श्रेष्ठ, मिङ्गमा तामाङ्ग, बिबेक चौलागाईं र दिनेश काफ्लेको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीत निकै उत्कृष्ट बनेको छ र गीत जस्तै म्युजिक भिडियो उस्तै उत्कृष्ट बनेको छ । ” रातो सारी चट्ट पार” बोलको यो तीज गीतमा मेलिना ठकुरी, बद्रि दंगाल, जुना तामाङ्ग, महेश वाग्ले र अजित अधिकारीको अभिनय देख्न सकिन्छ । फुलबारी म्युजिक प्रालिले सार्बजनिक गरेको यो तीज गीतको म्युजिक भिडियोलाई निर्देशन गायक तथा सर्जक भोजराज काफ्ले स्वयम् ले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन दिनेश काफ्लेले गरेका छन् । गीत मिङ्गमा तामाङ्ग र आकृष्टि श्रेष्ठको संयुक्त प्रस्तुति हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया