काठमाडौ । एक पछि अर्को गीत बजारमा लिएर आईरहेका गीतकार राजेश अर्यालले दर्शकहरुको लागि फेरी अर्को गीत ‘प्रेमको फूल’ रिलिज गरेका छन् । गायक शिव परियारको स्वरमा सजिएको गीतमा भूपू पाण्डेको संगीत रहेको छ । गीतमा यसपटक राजेश अर्यालले निकै मन छुने मार्मिक शब्दको प्रयोग गरेका छन् । हुन त उनि प्राय कारुणिक प्रेमभाव बोकेका गीत रचना गर्न रुचाउने गीतकार हुन् तर पनि यसपटकको गीत अझ बढी सुन्दर छ ।

गीतको आफ्नै किसिमको मुल्यांकन भईरहँदा म्युजिक भिडियो उस्तै अब्बल बनेको छ । वर्षा राउत र आकाश श्रेष्ठले अभिनय गरेको भिडियोमा शान थापाको निर्देशन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोले २ लाख भन्दा माथिको भियुज युटुबमा प्राप्त गरिसकेको छ ।
निकै कम समयमा यत्तिका धेरै दर्शकहरुले भिडियो हेरेर गीत र भिडियोलाई साथ दिइरहेका छन् । भिडियोले प्रेम र धोकाको कुरालाई सुहाउँदो तरिकाले प्रस्तुत गरेको छ ।

उता गीतकार राजेश अर्याल दङ्ग छन् । उनले सबै दर्शकहरु प्रति आभार समेत प्रकट गरेका छन् । निकै राम्रो लगानी गरेर गीत र भिडियो तयार पारेको र दर्शकहरुले आफ्नो कामको सहि ढंगले मुल्यांकन गरेको देख्दा आफुलाई निकै हौसला बढेको उनको भनाई रहेको छ ।
उनि बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली गीत संगीतमा योगदान दिदै आईरहेका छन् र साथै उनले यस क्षेत्रमा निरन्तरता समेत दिइरहेका छन् जसले विदेशमा समेत नेपाली गीत संगीतको उचाई बढाएको छ ।

तपाईको प्रतिक्रिया